राजनीति

रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

रुकुम पश्चिमको चौरजहारीमा भएको हत्याकाण्ड अनुसन्धानका लागि संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो। छनविन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन्। 

उनीहरुले ३० दिनभित्र आफ्नो काम सक्नुपर्ने छ। समितिले आवश्यक देखेमा सम्वन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण लिन सक्नेछ। अन्तरजातीय प्रेमको विषयमा नवराज विक सहित ६ जनाको हत्या भएको थियो। उक्त घटनाको निष्पक्ष छानविनका लागि संसदीय समिति गठनको माग हुँदै आएको थियो।

समितिको तुरुन्तै बैठक बसेर कार्ययोजना बनाएर अघि बढ्ने समितिका संयोजक पौडेलले बताए। 

 

 

प्रकाशित: २६ जेष्ठ २०७७ १३:१७ सोमबार

जातीय विभेद रुकुम घटना