राजनीति

नीति तथा कार्यक्रम : सरकार सफल भएको दावी

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा राष्ट्रपति भण्डारीले सरकारका लक्ष्य र प्रतिवद्धताहरु कार्यान्वयन हुँदै गएको पनि दाबी गरिन्। उनले भनिन्, “सरकारले लिएको लक्ष्य र प्रतिवद्धताहरु दुई बर्षमा क्रमशः कार्यान्वयन हुँदै आएको र सरकारको दृष्टिकोण स्पष्ट छ। गन्तव्य निश्चित छ। लक्ष्यहरु निर्धारित छन्। नीति र कार्यक्रम जनमुखी छन्। कार्यान्वयन परिणाममुखी छ। सरकार दुई बर्षको छोटो अवधिमा नै उत्साहवद्र्धक उपलब्धी हासिल गर्न सफल भएको छ। यस अवधिमा भएका सामाजिक विकास भौतिक प्रगति र १४ भन्दा बढी विश्व सुचकका सुचाकांकहरुमा नेपालले हासिल गरेको प्रगति नीतिगत निरन्तरता र प्रभावकारीताको परिणाम हो। ” उनले मुलुकमा स्थिरता र स्थायित्व कायम भएको दाबी पनि गरिन्।

उनले सरकारले बन्दाबन्दीको अवस्थामा सहज आपुर्ति हुने गरि व्यवस्था मिलाएको,  कोभिड १९ ले निम्त्याएका अन्य कारणले रोजगारी गुमाएकाहरुलाई लक्षित गरि स्थानीय तहमा राहत उपलब्ध गराईएको बताइन्। त्यसैगरी शान्ति सुरक्षा कायम हुनुको साथै भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने गरि कारवाही प्रक्रियालाई अघि बढाईएको बताइन्।  

उनले भनिन् “सार्वजनिक प्रशासनको कार्यशैलीमा सुधार ल्याई सुशासन ल्याउन सरकार क्रियाशिल छ। पारदर्शीता प्रवद्र्धन गर्दै जवाफदेही विहिन स्थितिको अन्त्य गर्न आवश्यक नीतिगत कानुनी र संस्थागत सुधार अघि बढाईएको छ। ”

कारोना भाइरसको प्रभावका कारण सरकारको विकासको आकांक्षामा धक्का पुगेको उल्लेख गर्दे उनले स्वास्थ्य, शिक्षा  रोगजारी र आर्थिक पुनरुत्थान नै सरकारको आगामी कार्यदिशा रहेको बताइन्। राष्ट्रपतिले सम्मृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न माहामारीका कारण समग्र सामाजिक आर्थिक पक्षमा परेको प्रतिकुलता समेत लाई सम्बोधन गर्दे नेपाल सरकारले रणनीतिक आधार र पक्षहरुलाई ध्यानमा राखि नीति तथा कार्यक्रम तर्जुमा गरेको स्पष्ट पारिन्।

विश्व अर्थतन्त्रको संरचना परिर्वतन हुन सक्ने,मुलुकहरुको आयमा कमि आउन सक्ने , मित्र राष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको क्षमता, प्राथमिकता र क्षेत्र फरक हुन सक्ने अवस्था भएकाले अधिकतम आन्तरिक श्रोत परिचालन गर्ने गरिने उनले उल्लेख गरिन्।

 

 

प्रकाशित: २ जेष्ठ २०७७ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App