राजनीति

कोरानामुक्त कर्णाली बनाउने संकल्प गरौँ: मन्त्री रावल

जुम्ला -  कर्णाली प्रदेशका सामाजिक बिकासमन्त्री दल रावलले कर्णालीलाइ कोरानामुक्त बनाउन सामुहिक संकल्पको खाँचो भएको बताएका छन्। उनले हाल सम्मको कोराना रोकथाम, नियन्त्रण र पुर्वतयारीका क्रियाकलाप निकै सन्तोषजनक रहेकोमा जोड दिए। 

कोभिड १९ नियन्त्रण र रोकथामका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक बिकासमन्त्री रावलले कर्णाली प्रदेश सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,स्थानीय तह, स्थानीय प्रशासनले खेलेको भुमिका निकै प्रसंसनीय भएको बताए। सामाजिक विकासमन्त्री रावलले कर्णाली प्रदेशको गौरव कर्णाली प्रतिष्ठान बनेकोमा खुसि ब्यक्त गर्दै यहाँको तयारी निकै उदाहरणीय भएको स्पष्ट पारे।

कोराना भाइरस कर्णालीमा पनि अछुतो हुन सक्दैन्,तर पुर्वतयारीका हिसावले निकै लागि परेको छ, सामाजिक विकासमन्त्री रावलले भने,‘५० करोडको कोराना कोष स्थापना,क्वारेन्टाइन, आइसोलेसन र अस्पताल व्यवस्थापन कार्य गरिएको छ। ’ 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल र सामुदायिक अस्पताल चौरजहारीलाइ हबका रुपमा अघि बढाएको छ। यी अस्पतालाइ आवश्यक बजेटको व्यवस्था पनि गरिएको छ। हाल सम्म कर्णाली ग्रिन जोनका रुपमा छ,स्वास्थ्यकर्मी, स्थानीय सरकार, प्रशासनको ठुलो भुमिका छ,सामाजिक बिकासमन्त्री रावलले भने,¬‘ कोरानमुक्त कर्णाली भनेर भन्ने दिनको पर्खाइमा छौँ। 

अहिले कर्णालीका २७ वटा स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। कर्णालीका पाँच वटा जिल्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेर्नेछ,तल्लो क्षेत्रका जिल्ला प्रदेश अस्पतालले र बाँकी जिल्ला सामुदायीक अस्पताल चौरजहारीले हेर्ने गरि स्वास्थ्यकर्मी परिचालन गरिएको छ। 

एक वडाको १० जनाको स्वाब परिक्षण गर्नेछौँ। १५ दिनमा एक हजार कर्णालीबासीको परिक्षण गर्नेछौँ। सबै पिसिआर मेसिनमा परिक्षण हुनेछन्। सबै नेगेटिभ भेटिएको खण्डमा कर्णाली प्रदेशमा लकडाउन खुलाइनेछ। बाहिरबाट आउने क्रम रोकिनेछ। सामाजिक विकासमन्त्री रावलले थपे,‘ कर्णालीलाइ कोरानमुक्त बनाउन कर्णालीबासीको साथ सहयोग रहनेअपेक्षा गरेका छौँ। ’

पैसाले मात्रा कोराना जितिने रहेनछ,संरचना र उपकरणले मात्र नियन्त्रण नहुँदोरहेछ,मन्त्री रावल भन्छन्,‘ कोराना संक्रमण फैलन नदिन त नागरिकमा अनुशासन चाहिदोरहेछ।’ कर्णाली प्रतिष्ठानका कामलाइ भेटाउन सरकारलाइ हम्मे हम्मे छ। तर कर्णालीका १८ लाखको स्वास्थ्य सुरक्षाको जिम्मा स्वास्थ्यकर्मीको हातमा छ। 

अहिले सम्म डक्टर नदेखेका जनता कर्णालीमा छन्,उनले भने,‘यो संकटमा डक्टर नै घरदैलोमा पुग्दा निकै उत्साहित हुनेछन। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन निर्माण गर्न र स्वास्थ्यकर्मीलाइ उच्च मनोवलका साथ खटिन मन्त्री रावलले आग्रह गरे। अहिले नागरिक लगायतका सबैलाइ उर्जा चाहिएको छ। तपाइहरुको साथमा कर्णाली प्रदेश सरकार छ, मन्त्री रावलले भने, ‘ उर्जाका साथ लागौँ, कोराना भगाऔँ। ’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मंगल रावलले अस्पतालमा कोराना रोकथामका बारेमा भएका गतिविधिबारे जानकारी गराएका थिए।उनले कोराना भाइरस रोकथामका लागि ५ जनाको कास कोभिड टास्कफोर्स गन गरिएको बताउँदै सचेतनाका क्रियाकलाप गर्न यो टोली परिचालन भएको बताए।

जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा महत्वपुर्ण ब्यक्तिलाइ मध्येनजर गर्दै ¥यापिड रिस्पोन्स टिम गठन गरिएको थियो। पाँचवटा नाकामा हेल्थ डेस्क स्थापना गर्नुका साथै ३ हजार ४ सय जनाको स्क्रिनिङ गरियो। 

डा. रावलले भने,‘ १ सय २० बेडको आइसोलेसन छ। १० बेडको आइसियु छ। समुदायमा रहेका संकास्पद बिरामीलाइ समुदायमै चेतना फैलाउने कार्य भइरहेकोछ । अन्तरक्रिया कार्यक्रम प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: २८ वैशाख २०७७ १५:०३ आइतबार

कोरानामुक्त कर्णाली दल_रावल