राजनीति

पूर्वप्रधानमन्त्री भट्टराईको अन्तर्वार्ता प्रकरण : रेडियो नेपालका कार्यकारी निर्देशकसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं- रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण सोधेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ताको बिषयमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न कार्कीलाई भनेको छ।  रेडियो नेपालबाट सोमबार बिहान ६:३० बजे प्रत्यक्ष प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्धेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रामक र लाञ्छनायुक्त शब्द सरकारविरुद्ध प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको पत्रमा भनिएको छ।

 

 

 

प्रधानमन्त्री रेडियो_नेपाल स्पष्टीकरण