राजनीति

विवादित अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं- सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो। सरकारले बैशाख ८ गते यि दुई अध्यादेश जारी गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी भए जस्तै सरकारको सिफारिसमा खारेज गर्ने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा जारी भएका दुई निर्णयको पार्टी भित्र र बाहिर तीब्र विरोध भएको थियो।

सरकारको कदमले देशमा राजनीतिक अस्थिरता हुने भन्दै विरोध भएका थिए। अध्यादेश जारी भएसँगै समाजवादी पाटी विभाजनको प्रयास समेत भयो। समाजवादी विभाजनको लागि स्वयम प्रधानमन्त्री लागि परेको आरोप लागेको छ। विभाजनको लागि सप्तरीबाट समाजवादीका सांसदलाई अपहरण शैलीमा काठमाडौं समेत ल्याइयो। त्यसमा प्रधानमन्त्री निकट सांसद महेश बस्नेत, किशान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संलग्न देखिए। तर समाजवादी विभाजन नभइ राजपासँग एकता हुन पुग्यो।

 

प्रकाशित: १२ वैशाख २०७७ ०७:०६ शुक्रबार

अध्यादेश सरकार राष्ट्रपति