राजनीति

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन

काठमाडौं - बुधबार मध्यरातमा राष्ट्रिय जनत पार्टी नेपाल र समाजवादी पार्टीबीच भएको एकता पछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको छ।

बिहीबार बिहान ११ बजेर १६ मिनेटमा दर्ता गरिएको निवेदनको दर्ता नम्बर १३७७ रहेको छ। दुवै पार्टीका शीर्ष नेताहरु एकता पछि बनेको दलको जानकारी दिन निर्वाचन आयोग पुगेका थिए। प्रक्रिया पुगेपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने छ।

 

प्रकाशित: ११ वैशाख २०७७ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App