राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता

फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएकव छ। कोरोना भाइरस संक्रमण रोक्न दुई देशमा लगाइएको लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा उनीहरुबीच छलफल भएको थियो।

कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुई प्रधानमन्त्री सहमत भएका छन्।

टेलिफोन वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्नबारे समेत छलफल भएको छ। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि ओली धन्यवाद दिएका छन्।

 

प्रकाशित: २८ चैत्र २०७६ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App