राजनीति

समाचार हटाइएकोप्रति ध्यानआकर्षण

काठमाडौं –  एक अनलाइनको वेबसाइट ह्याक गरी समाचार हटाइएको घटनाप्रति नेपाली कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बिहीबार एक प्रेस बक्तब्य जारी गर्दै वेबसाईट ह्याक प्रकरणमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 

उनले जारी गरेको ब्यक्तब्यमा भनिएको छ ‘काठमान्डु प्रेस नामक अनलाइन पत्रिकाले चीनबाट मेडिकल सामान खरिदका विषयमा ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ रहेको भन्ने सामाचार प्रकाशित गरेको  बिषयलाई ल्रिएर सत्ताक़ो दबावमा वेब डेभलपरले समाचार पोर्टलभित्र गएर प्रकाशित समाचार हटाएको बिषयप्रति हाम्रो गम्भिर ध्यान गएको छ।’

कांग्रेस सहमहामन्त्री महतले यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको जिकिर गरेका छन्। उनले यो कार्यले चीनबाट  स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको समेत पुष्टि गर्ने दाबी गर्दै यसको निस्पक्ष छनबिन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन।

प्रकाशित: २० चैत्र २०७६ १०:२० बिहीबार

प्रकाशशरण_महत नेपाली_कांग्रेस