राजनीति

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको र साँझसम्म डिस्चार्ज हुने बताए।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका उनको स्वास प्रस्वासमा समस्या आएको अस्पताल स्रोतले बतायो।

प्रकाशित: १४ चैत्र २०७६ ०३:२४ शुक्रबार

प्रधानमन्त्री अस्पताल मिर्गौला