राजनीति

सरकारको कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्ने भएको छ। सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ दिने निर्णय गरेको प्रवक्ता  विश्वप्रकाश शर्माले जानकारी दिए।

‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको छ’, प्रवक्ता शर्माले भने। कोषमा यसअघि नै  कांग्रेसका संघीय सांसदहरुले एक महिनाको  तलब अलग दिने निर्णय  भइसकेको छ।

प्रकाशित: ११ चैत्र २०७६ १०:२३ मंगलबार

नेपाली_कांग्रेस काेराेना_भाइरस राहत_काेष