राजनीति

नेपालले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड सहयोग घोषणा

काठमाडौं – सरकारले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ प्रदान गर्ने भएको जानकारी दिए। 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा सार्क राष्ट्रका सदस्य राष्ट्रहरुबीच भएको भिडियो कन्फ्रेन्समा आपतकालिन कोष निर्माण गर्ने प्रस्ताव भएको थियो। 

प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरेर सरकारले आवश्यक थप कदम चाल्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताए। 

प्रकाशित: ७ चैत्र २०७६ १३:२१ शुक्रबार

सार्क_राष्ट्र आपतकालिन_कोष कोरोना