राजनीति

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा आज साँझ सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकारले कोरोना भाइरस (कोभिट-१९) बाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। 

दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ। 

सम्बोधनका क्रममा सरकारी सञ्चार माध्यम बाहेक अन्य पत्रकारलाई प्रवेश नदिने जनाइएको हो। सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ। सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भीड नगर्न सर्वसाधारणलाई आह्वान गरेकाे छ।

प्रकाशित: ७ चैत्र २०७६ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App