राजनीति

'व्याक पेन' भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराई गंगालाल अस्पतालमा, एन्जिओग्राफी गरियो

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई वुधबार राति शहिद गंगालाल हृदय रोग केन्द्र बाँसवारीमा भर्ना भएका छन्। 'व्याक पेन' भएपछि उनी अस्पताल पुगेका थिए।

अस्पतालमा उनको एनजीओग्राफी गरिएको छ। 'व्याक पेन भएपछि उहाँ अस्पताल आउनु भएको हो', समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले भने, ' अस्पतालमा उहाँको एन्जिओग्राफी गरिएको छ।' उनका अनुसार डा. भट्टराईको मुटुको सबै रिपोर्ट नर्मल आएको छ। चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल राखिएको र अहिले घर फर्कन लागेको उनले बताए।

प्रकाशित: ६ चैत्र २०७६ ०३:२४ बिहीबार

पूर्वप्रधानमन्त्री उपचार मुटु