राजनीति

बाबुराम भट्टराईले ट्विटरमा नाम राखे 'नियमित हात धोऔं'

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्विटरको नाम 'नियमित हात धोऔं' राखेका छन्। कोरोना भाइरसको महामारी भइरहेका बेला जनचेतनाका लागि आफ्नो तर्फबाट सानो पहल गरेको भन्दै ट्विटरको नाम परिवर्तन गरेका छन्।

उनले ट्वीट गर्दै लेखेका छन्, 'कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर 'नियमित हात धोऔं' राखेको छु। विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो।'

प्रकाशित: ५ चैत्र २०७६ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App