राजनीति

नेकपा र कांग्रेसले गरेको प्रस्ताव अस्वीकृत

जनकपुर– प्रदेश नम्बर २ को   नामाकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा नेपाली कांग्रेसले गरेको प्रस्ताव अस्वीकृत भएको छ। नेकपाले जानकी र कांग्रेसले मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो।

सर्वसम्ममत नभएपछि नाम र राजधानी तोक्न मतदान गरेको हो। कांग्रेसको प्रस्तावमा २८ मत खसेको थियो भने नेकपाले प्रस्ताव गरेको जानकीमा ३७ मत खसेको थियो। कांग्रेस नेता राजेश्वरप्रसाद शाहले प्रस्ताव गरेको मध्यमधेशको नाममा केहि समयपछि मतदान हुँदैछ।

नाम र राजधानी तोक्न प्रदेशसभाको दुईतिहाइ मत चाहिन्छ। प्रदेश सभाको गणित अनुसार ७२ मतका साथ नाम र राजधानी टुंगो लाग्नु पर्छ। दुईतिहाईको मत पुगेन भेन फेरि प्रदेश सभामा प्रस्ताव पेश गरेर पुनः मतदान गरिनेछ।

प्रदेश सरकारमा सहभागी समाजवादी र राजपाले नाम मधेश प्रदेश राख्न र राजधानी जनकपुर प्रस्ताव गरेको छ। सहमति नभएपछि संसदीय समितिको विषेश समितिले मतदानको लागि सुझाव दिएको थियो।

प्रकाशित: ४ चैत्र २०७६ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App