राजनीति

बाँस्कोटाको घरमा विस्फोट हुनुले प्रहरीमाथि नै आशंका : सांसद अधिकारी

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट हुनुले प्रहरीमाथि नै आशंका व्यक्त गरेका छन्। उनले विष्फोट हुनु पूर्व नै नेपाल प्रहरीलाई पूर्व अनुमान थियो भन्नु अनि विष्फोट पनि हुनुले नेपाल प्रहरीमाथि आशंका पैदा भएको बताएका छन्।

उनले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै विस्फोट गराउनेलाई सार्वजनिक गर्न माग समेत गरेका छन्।

उनले भने, 'अहिले मैले सुने हामीलाई पूर्वानुमान थियो भनेर नेपाल प्रहरीले भन्छ। माननिय सदस्य गोकुल बाँस्कोटाको घरमा विस्फोट भएको छ। यो पुलिसलाई पूर्वानुमान थियो भने त्यो विस्फोटमा को को संलग्न छन्। या पुलिस नै त्यहाँ संलग्न भएको त छैन? त्यो समेत छानविन गरी अपराधिलाई सख्त कारबाही गर्न माग गर्न चाहन्छु।’

 

प्रकाशित: २९ फाल्गुन २०७६ ०९:१३ बिहीबार

बाँस्कोटा विस्फोट आशंका