राजनीति

'भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा समस्या छैन'

काठमाडौं- भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ। मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरिय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो।

औषधिजन्य वस्तु बाहेक अन्य वस्तुहरु आयातमा कुनै समस्या नरहेको अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए। कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिएको सन्भर्दमा अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अगाडी बढाउने विषयमा पनि छलफल भएको छ। मन्त्री खतिवडाले आवश्यकता भन्दा बढी मात्रामा औषधि र ग्यास भण्डारण नगर्न पनि आग्रह गरेका छन्।

रसुवागढी र तातोपानी नाकामा रोकिएका सामानहरु सुरक्षीत रुपमा नेपाल ल्याउन व्यवसायीहरुले सुझाव दिएको उल्लेख गर्दै मन्त्री खतिवडाले अनावश्यक रुपमा सामान किनेर भण्डारण नगर्न उपभोक्तालाई सचेत गराउने विषयमा पनि बैठकमा छलफल भएको बताए। औषधि व्यवसायीहरुले ५, ६ महिनाका लागि औषधि स्टक रहेको जानकारी दिएको पनि उनले बताएका छन्। ६ महिनासम्मका लागि खाद्यान्न र ३ महिना पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको उनले बताए।

प्रकाशित: २७ फाल्गुन २०७६ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App