राजनीति

भारतीय राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं- राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग सिष्टाचार भेटघाट गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सिंहदरबार गएर भेट गरेका छन्।

बिहीबार सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमै पुगेर क्वात्राले पोखरेलसँग भेटघाट गरेका हुन्। भेटमा भारतीय राजदूत क्वात्राले 'ह्वाट गान्धी मिन्स टु मि’ पुस्तक दिएका थिए। नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले 'द नेपाल आर्मी’ नामक पुस्तक र हिमालको पेन्टिङ दिएका थिए। क्वात्रा आइतबार नेपाल आएका थिए। 

यसअघि फ्रान्सका लाग भारतीय राजदूत रहिसकेका क्वात्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पठाएका हुन्। मञ्जिवसिंह पुरी यसअघि नेपालका लागि भारतीय राजदूत थिए।

प्रकाशित: २२ फाल्गुन २०७६ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App