राजनीति

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्य क्रमिक सुधार भई प्रत्यारोपित मिर्गौलाले पनि सामान्यरुपमा काम गर्न थालिसकेको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अुनसार प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि सामान्य अवस्थामा रहेका छन्। ‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरू गरिएको छ’ अस्पतालको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

भारत, पाकिस्तान, जापान लगायत देशका प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताए। थापाले नेपालका लागि चिनियाँ, जापानी र पाकिस्तानी राजदूतहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको उनले बताए। जापान र पाकिस्तानका राजदूतले अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन्।  चिनियाँ राजदूतले टेलिफोन मार्फत स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्रीको ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री केपी_ओली मिर्गौला प्रत्यारोपण