राजनीति

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मिर्गौलाको प्रत्यारोपण पछि त्रिवि शिक्षण  अस्पतालले गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको बताए।

शरिरका सबै मुख्य अंगले राम्रोसंग काम गरिरहेको पनि अस्पतालले जनाएको छ। प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न शुरु गरेको र अब प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने खड्गाले बताए।

मिर्गौला दान गर्न समीक्षा संग्रौलाको अवस्था पनि सामान्य रहेको जनाइएको छ।  यस अघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७६ १०:५९ बुधबार

प्रधानमन्त्री केपी_ओली मिर्गौला