राजनीति

विभिन्न आन्दोलनका घाइतेलाई सीप सिकाउन सिटिइभिटीलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन्।

सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन्। सिटिइभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिए। सिटिइभिटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उनले बताए।

 सिटिइभिटीको पुरानो परिचय बदलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसका आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए। अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपालाई सँगै अगाडि बढाउनुपर्ने अवश्यकता औल्याए। सिटिइभिटी उच्चस्तरिय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उनले सधै सिएमए र अनमी उत्पादन गर्न नसकिने बताए।

सिटिइभिटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०७६ ०८:२६ सोमबार

जनयुद्ध अपाङ्गता सिटिइभिटी गिरिराजमणि_पोखरेल