राजनीति

विकास निर्माणले तीव्रता पाएकाे छ : प्रधानमन्त्री ओली

पाँचथरको यासोकमा तमोर पम्पीङ खानेपानी आयोजना उद्घाटनकाक्रममा प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्य र बुवा मोहनप्रसाद ओलीका साथमा । तस्बिर : गिरिराज/नागरिक

पाँचथर– मुलुकमा विकास निर्माणको कामले तीव्रता पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। विभिन्न आयोजनाहरुको काम सम्पन्न भएको तथा अन्य योजनाहरु निर्माणले तीव्रता पाइरहेको प्रधानमन्त्री ओलीको भनाई रहेको थियो। उनले पाँचथरको कुम्माय गाउँपालीकाको यासोकमा तमोर पम्पीङ खानेपानी आयोजनाको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

सडक पूर्वाधार, विद्युत, खानेपानी, उत्पादन, रोजगाकारी, शिक्षा र स्वास्थ्यका लागि सरकारले काम गरेको जानकारी दिए। जन्मदिनको अवसरमा यासोक र तेह्थुमको आठराईको इँवामा आयोजना भएको समारोहमा बोल्दै प्रधामन्त्री ओलीले सरकारले राम्रो काम गरीरहेको सुनाए। उनले दुबै ठाउँको सम्बोधनमा कसैको पनि आलोचना नगरि सकारात्मक करुा गरेनन्।

आफ्नो सम्बोधन अवधिमा विकास निर्माणको कुरालाई बढि जोड दिएका प्रधानमन्त्री ओलीले आर्गानिक उत्पादन तथा पर्यटन विकासमा जोड दिन अनुरोध गरे। ‘समृद्धि र सुशासनको बाटो तर्फ हामी अघि बढ्दै छौँ। आज खानेपानी र विजुलीको उद्घाटन भएसँगै देशै भर विकासका कामहरु अघि बढिरहेका छन्’ ओलीले भने ‘तीव्रताका साथ कामहरु सम्पन्न गर्ने र जनतालाई सुखसुविधा उपलब्ध गराउने काममा लागेका छौँ।’

कुम्मायकका रानीगाउँ, स्याबरुम्बा र यासोकका बासिन्दलाई खानेपानी सुविधा पुर्‍याउने हिसाबले सम्पन्न भएको आयोजनाको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। उनले स्थानीय विद्युतीकरण उद्घाटन गरेका थिए। कानुन मन्त्री भनुभक्त ढकाल, खानेपानी मन्त्री विना मगर, भौतीक योजना तथा निर्माण मन्त्री बसन्तकुमार नेम्बाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलगाएतको उपस्थिती रहेको थियो।

ओलीको जन्म घर अगाडी आयोजना भएको सामरोहमा बोल्दै विकास फड्ले मारेको सुनाए। ‘तेह्थमु र पाँचथरमा यहि वर्ष विद्युतीकरण सकिन्छ। विकासका अन्य कामहरु भइरहेका छन्। जनताको सुखसुविधालाई ध्यान दिएका छौँ’ ओलीले भने। जन्मदिनको अवसरमा ओली जन्म घर पुगेका थिए। उनले त्यहाँ ढुंङ्गेसाँघु जाने सडक शिलान्यास गरेका थिए ।

यस्तै, सक्रान्ती बजारका लागि नेपाल बैँक उद्घाटन गरेका थिए। ओलीको जन्मोत्सवको अवसरमा विभिन्न क्षेत्रका बासिन्दा तथा नेता, शुभचिन्तकहरु इँवा आइपुगेका थिए।
 

प्रकाशित: ११ फाल्गुन २०७६ १२:१० आइतबार

विकास_निर्माण तीव्रता