राजनीति

अमेरिकी सांसद टोली नेपालमा

काठमाडौं  – अमेरिकी सांसद तथा एसिया, प्रशान्त एवं परमाणु अप्रसार उप–समितिका(एचएफएसी) अध्यक्ष एमी बेराको नेतृत्वमा दुई दलीय अमेरिकी संसदीय टोलीले बिहीबार नेपाल भ्रमणमा आइपुगेका छन्। फागुन ११ गतेसम्म नेपाल भ्रमणमा रहने टोलीले नेपालमा अमेरिकी विदेश नीति र सहायताको बारेमा जानकारी लिने जनाएको हो। चार सदस्यीय प्रतिनिधि मण्डलले सरकारी अधिकारी, नागरिक समाजका सदस्य, काठमाडौंस्थित अमेरिकी दूतावास र मिलेनियम च्यालेन्ज कर्पोरेसनका कर्मचारीसँग भेट्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणमा आउनुअघि बेरा नेतृत्वको टोलीले भारत र श्रीलंकाको पनि भ्रमण गरेको थियो। भ्रमण दलका अन्य सदस्यमा सांसद जर्ज होल्डिङ, सदस्य–हाउस वेज एन्ड मिन्स कमिटीका सदस्य, निकोल बरोज, एसिया, प्रशान्त एवं परमाणु अप्रसार उप–समितिका कर्मचारी निर्देशक र एचएफएसीका वरिष्ठ कर्मचारी साजित गान्धी रहेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:२८ शुक्रबार

अमेरिकी_सांसद