राजनीति

एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने

भक्तपुर – नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिले एमसिसीविरुद्ध काठमाडौंमा पदर्शन गर्ने भएको छ। काठमाडौंस्थित रत्नपार्कबाट जुलशसहित अमेरिकी राजदूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेले बिहीबार भक्तपुरमा भएको एक कार्यक्रममा फागुन १३ मा एमसिसीविरुद्ध प्रदर्शन गरिने जानकारी दिए। उक्त प्रदर्शन कार्यक्रममा सहभागिताका लागि उनले सबैलाई आग्रहसमेत गरे। ‘एमसिसी देश र जनताको हितमा छैन, यसलाई कुनै हालतमा पनि पास गराउनु हुँदैन,’ उनले भने, ‘त्यसैले यसलाई रोक्नका लागि जनताको विरोध आवश्यक छ।’ एमसिसीलाई सत्तारुढ र प्रतिपक्ष सबै मिलेर पाउ गराउने खोजेकाले यसलाई नागरिक तहबाट रोक्नुपर्ने अध्यक्ष विजुक्छेको भनाइ थियो। फरक प्रसंगमा उनले बालुवाटर दलालको घेराबन्दीमा रहेको आरोप लगाए। प्रधानमन्त्रीलाई वालुवाटरभित्रै पुगेर घुस दिन काम चलिरहेको छ,’ उनले भने, वर्तमान सरकार संस्थागत भ्रष्ट्रचारमा सक्रिय भएको प्रमाण प्रत्येक दिन सार्वजनिक भइरहेका छन्।’

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App