राजनीति

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रिय सभा अवरुद्ध

फाइल तस्बिर

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्न माग गरे। कांग्रेसले अडियो प्रकरणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग समेत गरेको छ।

सेक्युरिटी प्रेस खरिदमा संचारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भइसकेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०७:५१ बिहीबार

सेक्युरिटी_प्रेस गोकुल_बास्कोटा घुस कांग्रेस