राजनीति

सामुदायिक विद्यालयको अवस्था सुधार गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डोरमणि पौडेलले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्नुपर्ने बताएका छन्। डिल्लीबजारस्थित विजय स्मारक माध्यविक विद्यालयको ६४ ‌औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएकाले सुधार गर्नुपर्ने बताएका हुन्। ‘सामुदायिक विद्यालयको गुणस्तर खस्किएको छ। देशको समृद्धिको आधार शिक्षा नै हो। त्यसैले शिक्षाको गुणस्तर सुधार गरौ, ’मुख्यमन्त्री पौडेलले भने। मुख्यमन्त्री पौडेलले विद्याल भित्र बनेको दुई तले भवन र विजय बाटीकाको उद्घाटन समेत गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक डिल्लीप्रसाद ढकालले विद्यालयको अवस्थाको बारेमा जानकारी दिदै विद्यालयको शैक्षिकस्तरमा समेत बढोत्तरी गर्दै ल्यौजाने प्रतिबद्धता जानाएका थिए। बिहानी तथा दिवा सेवामा पढनपाठन गर्दै आएको विजय स्मारक माविमा हाल ७ सय २४ जनाभन्दाबढी विद्यार्थी अध्यानरत छन्।

प्रकाशित: ६ फाल्गुन २०७६ ०३:३२ मंगलबार

विद्यालय शिक्षा सुधार