राजनीति

पूर्वसभामुख महरालाई अदालतबाट सफाइ

काठमाडौं - पूर्व सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहार मुद्दामा जिल्ला अदालतले सफाइ दिएको छ। काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख महरालाई सफाइ दिएको हो।

जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । महरामाथि संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाागेको थियो।

 महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल, अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।

प्रकाशित: ५ फाल्गुन २०७६ ०८:५८ सोमबार

कृष्णबहादुर_महरा यौन_दुर्व्यवहार सफाइ