राजनीति

निजी व्यवसाय दर्ता सम्बन्धि विधेयक पारित

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पारित भएको छ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशसभाबाट उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। यसअघि, उक्त विधेयकमाथि भएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का लीलाधर भट्ट, दुर्गाकुमारी कामी, शान्ति नेपाली, नेपाली काँग्रेसका डिल्लीराज पन्त, श्यामलाल रानाथारु, राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारुले भाग लिएका थिए।             

बैठकको प्रारम्भमा समय लिएर नेपाली काँग्रेसका प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले अछामको विनायक नगरपालिका—२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको १२ दिन भइसक्दा पनि घटनाका दोषी पत्ता लगाउन नसक्नुले लज्जाबोध भएको र जनप्रतिनिधिलेनै असुरक्षा महसुस गरिरहेको बताए। अर्को बैठक यही फागुन ४ गते दिनको १ बजे बस्ने छ। रासस

प्रकाशित: २ फाल्गुन २०७६ १३:५३ शुक्रबार

निजी_व्यवसाय_दर्ता विधेयक