राजनीति

सरकारले निजी क्षेत्रसँग कमिसनको माग गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै पनि कमिसनको माग निजी क्षेत्र र व्यवसायीसँग नगर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रले विकास चाहेपनि सुशासनको मामलामा कहिलेकाँही विवाद हुने गरेको उल्लेख गरे। सभ्य समाज विकास गर्नका लागि सुशासन अपरिहार्य रहेकोले सुशासन विकासको बाधक नभएको ओलीले बताए।

प्रधानमन्त्री ओलीले आर्थिक विकास र सुशासनका लागि अब कानून निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका छन्। कार्यक्रममा मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने निर्यातकर्ता, लगानीकर्ता र रोजगारदाता गरी विभिन्न १३ विधामा २५ जना व्यवसायीक व्यक्तित्वहरुलाई सिआइपी अवार्डबाट सरकारले सम्मान गरेको छ।

प्रकाशित: २८ माघ २०७६ ११:२७ मंगलबार

प्रधानमन्त्री सरकार कमिसन