राजनीति

प्रतिपक्षलाई फसाउने, आफ्नालाई बचाउने खेल भयो : तरुण दल

खोटाङ– नेपाल तरुण दल खोटाङले ललिता निवासको जग्गा प्रकरणमा प्रतिपक्षलाई फसाउने र आफ्नालाई बचाउने खेल भएको बताएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आईतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै मुद्धामा कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै निर्णय सच्याउन माग गरेका छन्।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजय गच्छेदारमाथि प्रतिशोध साँध्ने र तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र विष्णु पौडेललाई उन्मुक्ती दिने निर्णय गरेर कानुनी राज्यको धज्जी उडाएको तरुण दलका अध्यक्ष भिषण राईले बताए।

कानुनले सबैलाई समान दृष्टिले हेर्छ भन्ने मान्यता विपरित चोरले ‘मैले चोरेको सामान फिर्ता गर्छु मलाई कारबाही नहोस्’ भन्ने पौडेललाई मुद्दा दायर नहुनु लज्जाको विषय बनेको तरुण दलले जनाएको छ। ‘भ्रष्टाचारीलाई जोगाउने हाम्रो ध्येय होईन,’ तरुण दलको ज्ञापनपत्रमा भनिएको छ, ‘तर, एउटै अपराधका कसैलाई मुद्दा र कसैलाई सफाई गर्ने बदनियतपूर्ण निर्णय सच्चियोस्।’

प्रकाशित: २६ माघ २०७६ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App