राजनीति

संविधान धर्मग्रन्थ जस्तो हुँदैन : नेता खाण

भैरहवा- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिलकोे दुईतिहाई सरकार सफल नहुनुको प्रमुख कारण सरकार प्रतिवद्ध नहुनु नै रहेको बताएका छन्।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको ४४ औँ साधारण सभामा बोल्दै नेता खाणले समस्याहरु नयाँ नयाँ आए पनि संसार रहेसम्म रेडक्रसको आवश्यकता छ। चाहे प्राकृतिक विपत होस या मानवीय विपत द्वन्द व्यवस्थापन गर्न रेडक्रसको आवश्यकता रहिरहने उनले बताए।

रेडक्रसले प्रभावकारी रुपमा विपतको बेलामा उद्वार गरी प्राकृतिक विपतदेखि मानविय विपत र अन्य समयमा पनि काम गरेको बताए। सुरक्षा प्रदान गर्ने निकाय नै आक्रमक बनेको समयमा समेत पनि रेडक्रसले काम गर्छ। संसार र नेपालका रेडक्रसका सदस्यहरुलाई सम्मान छ जबसम्म नेपाल रहन्छ तबसम्म सम्मान कायम रहिरहने बताए।

कुनै पनि देशको संविधान धर्मग्रन्थ जस्तो हुँदैन, संविधान भनेको गिता, बाइबल, कुरान जस्तो नभई समयानुकुल परिवर्तन हुँदै जानु पर्ने बताए। सरकार गम्भिर नभएको कारण हामीले दैनिक रुपमा पौष्टिकताको ठाउमा विषाधीजन्य खाघ पदार्थ खानु परिरहेकोले ज्यान गुमाइरहेका बताउदै नागरिकको जीवन प्रति सरकार गम्भिर र संवेदनशील हुनुपर्ने बताए।

पूर्व रक्षामन्त्री समेत रहेका खाणले अहिलेसम्म सरकारले सीमा सुरक्षा बल राख्न नसकेकोले मधेशका नागरिकहहरुले अफ्नो क्षेत्रको पहारेदारी गरी नेपालको सीमा बचाइरहेको बताउदै प्रधानमन्त्रीमा कुनै परिवर्तन नभई बोली, व्यवहार, रहनसहन, गाडी सबै राजा ज्ञानेन्द्र जस्तै रहेको टिप्पणी गरे।

२०२७ साल साउन ७ गते स्थापना भएको रेडक्रस रुपन्देहीले मानवीय सेवासँगसँगै स्वास्थ्य परिक्षण, विपत वयवस्थापन तालीम, सदस्यता विस्तार, उपसाखा थप, रक्तदान गर्नको लागी उत्प्रेणा, सडक नाटक, बक्तृत्वकला, चित्रकला जस्ता कार्यक्रम गर्दै आएको जिल्ला सभापति प्रेमलाल उदासले बताए।

नेपाल रेडक्रस सोसाईटीका रुपन्देहीका कार्यवाहक मन्त्री आर मोहम्मद खानले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रुपमा हिराचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा महत्तवपूर्ण योग्दान गर्ने उत्कृष्ट शिक्षक नायक, उत्कृष्ण शाखा, उत्कृष्ण कर्मचारी, स्वयंसेवक, सदस्यता अभिबृद्धि प्रोत्साहन, रोशिता सृष्टिना छात्रवृति र उत्कृष्ठ युवा रेडक्रस सर्कललाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

 

 

 

प्रकाशित: २५ माघ २०७६ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App