राजनीति

गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइयो : सभापति देउवा

एम्बुलेन्सको चावी मन्थली नगरपालिका-१ का वडाध्यक्ष नारायणदाश श्रेष्ठलाई प्रदान गर्दै शेरबहादुर देउवा ।

रामेछाप- नेपली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टी नेता विजयकुमार गच्छेदारलाई षड्यन्त्र पूर्वक फसाइएको बताएका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार मान्छेले पार्टीगत नभइ स्वविवेकले काम गरेर आयोगको गरिमालाई उच्च बनाउनु पर्नेमा जोड दिए।

शनिबार शेर बहादुर तमाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको शव वहान तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा प्रमुख अतिथिका रुपमा मन्थली पुगेका देउवाले जनताको कर खाएका सरकारी कर्मचारी र सुरक्षाकर्मीले पार्टी, जनप्रतिनिधि र सरकारको गुनगान गाउने काम हैन जनताको सेवामा लागि पर्नुपर्ने बताए। कार्यक्रममा छोटो समय बोलेका देउवाले देशको राजनीतिक अवस्थाका बारेमा भने केही बोलेनन्।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका नेपाली कांग्रेसका प्रवतmा विश्वप्रकाश शर्माले सिंहदरवार राजकाज दुई दिनको घाम छाँया भएकाले अहिलेका नेकपाका साथीहरुले धेरै उफ्रिन आवश्यक नरहेको बताए। उनले अहिले जित र हार जसको भयो त्यो सधैका लागि नभएको शर्माको भनाइ थियो। मुलुकमा बन्दुक बन्दुकको भिडन्त चलिरहेको भए मुलुक थप तहस नहस हुने थियो तर गिरीजा प्रसाद कोइरालाले नेतृत्व लिएर मुलुकमा शान्ति स्थापना गराएकै कारण मुलुक यो घडीमा आइपुगेको शर्माले बताए। उनले कांग्रेसले सबैलाई साथ लिएर संविधान जारी नगरेको भए मुलुक यो अवस्थामा नआउने शर्माको ठोकुवा थियो। संविधानकै कारण मुलुकको स्थायी सरकार पाएको छ भन्ने गाउँसम्म स्थानीय जनप्रतिनिधि पाएको उनले बताए।

एक शव वाहनसहित ४ एम्बुलेन्स हस्तान्तरण
जिल्लाका विभिन्न स्थानमा रहेर सञ्चालन हुने गरी थप एक शव वाहन र ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नेपाली कांग्रेस रामेछापका महाधिबेशन प्रतिनिधि एवं प्रतिनिधि सभामा नेपली कांग्रेसका प्रत्यासी उमेदवार पुर्णबहादुर तमाङ(कान्छाराम)ले आफ्ना बाबुको सम्झनमा स्थापना गरेको शेर बहादुर तमाङ स्मृति प्रतिष्ठानका नामबाट उक्त शव वाहन र एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

शव वाहन तथ एम्बुलेन्सको चावी कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले सम्बन्धित पक्षलाई हस्तान्तरण गरेका थिए। प्रतिष्ठान मार्फत तमाङले मन्थली नगरपालिका वडा नं १, खाँडादेवीको पिङखुरी, दोरम्बा गाउँपालिकाको थापागाउँ, गोकुलगंगा गाउँपालिका फर्पुमा एक/एक वटा एम्बुलेन्स र मन्थली नगरपालिकालाई एक शव वहान प्रदान गरेका हुन्। तामाङले प्रतिष्ठान मार्फत जिल्लामा यसअघि पनि जनताको माग र आवश्यकताका आधारमा एक दर्जन बढी एम्बुलेन्स वितरण गरी सकेका छन्।


 

 

प्रकाशित: २५ माघ २०७६ ११:५० शनिबार

गच्छदार षड्यन्त्र_पूर्वक