राजनीति

कांग्रेस बैठक माघ २७ गते

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारका लागि सरेको छ। पार्टी नियमावलीसहितका विषयमा छलफल गर्न बिहीबारका लागि बोलाइएको बैठक चार दिन पर सारिएको हो। पार्टी मुख्यसचिव कृष्ण पौडेलका अनुसार बिहीबारका लागि बोलाइएको बैठक माघ २७ गते दिउँसो २ बजेका लागि सारिएको जनाएका छन्। बैठक किन परसारेको भन्ने केही नखुलाए पनि नेताहरूको कार्य व्यस्तताका साथै आन्तरिक छलफलका लागि केही दिन पर सारिएको एक नेताले जानकारी दिए।

प्रकाशित: २३ माघ २०७६ ०२:१३ बिहीबार

नेपाली_कांग्रेस केन्द्रीय_समिति बैठक