राजनीति

पाँच वर्षभित्रै निजगढ विमाानस्थलबाट व्यवसायीक उडान सुरु : मन्त्री भट्टराई

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले ५ वर्षभित्र कुनै पनि हालतमा विमास्थल निर्माण सम्पन्न गरी व्यवसायी उडान सुरु हुने बताएका हुन्।

निजगढ विमानस्थल सम्पूर्ण नेपालीको सपना र गेम चेञ्जर प्रोजेक्ट भएकाले ५ वर्षभित्र व्यवसायीक उडान भर्नेगरी काम हुने बताएका हुन्। अबको ४ महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने पनि उनले बताएका छन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताए। काठमाडौंको चापलाई कम गर्न र ट्राफिक समस्याबाट मुक्ति पाउनका लागि आफूहरुका अर्जुनदृष्टि अहिले निजगढ विमास्थलमा मात्रै रहेको उनले बताए।

मन्त्री भट्टराईले निजगढ विमास्थल ५ वर्षमा निर्माण सम्पन्न भएपछि वार्षिक १ करोड पर्यटक नेपाल घुम्न आउने बताए। प्रत्येक विमास्थलहरुले सेवासँगै व्यवसाय पनि गर्ने हिसाबले विस्तार हुनुपर्ने भट्टराईको भनाई छ। विमानस्थलको प्रशासनिक खर्च आफैले उठाउनु पर्ने र तराईका विमानस्थलले नाफा समेत कमाउनु पर्ने नीतिका साथ अघि बढ्ने बताए।

बुधबार नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री भट्टराईले पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत साधान र जनशक्ति प्रयाप्त नभएको बताएका थिए।

प्रकाशित: २२ माघ २०७६ ११:२० बुधबार

पाँच_वर्ष निजगढ_विमाानस्थल