राजनीति

देउवालाई प्रधानमन्त्रीको जवाफः 'कोरोना भाईरसको धक्का भनेको हो'

काठमाडाैं- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई कोरोना भाईरसको संक्रमणले केही धक्का पार्ने देखिएको उल्लेख गरेका छन्।

बुधबार काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले काेराेना भाईरसको संक्रमणलाई न्यूनिकरणा गर्न सरकारले आवश्यक सावधानी अपनाउने स्पष्ट पारे।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीपछि बोलेका विपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कस्तो धक्का के को धक्का भनी प्रश्न गरेका थिए।

प्रकाशित: १५ माघ २०७६ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App