राजनीति

नेकपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ। बुधबार बिहान राष्ट्रियसभा गृहमा बैठक सुरु भएको हो।

बैठकका विभिन्न एजेण्डा छन्। बैठकमा सहिदहरू प्रति श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्दै मन्तव्य राखिरहेका छन्।

यस्तै, आजै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्। महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पेश गर्ने छन्।

त्यस्तै, सातवटै प्रदेशका अध्यक्षहरूले संगठनात्मक कामको रिपोर्टिङ तथा समसामयिक प्रस्तावहरूको प्रस्तुति दिने छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि नेकपाको यो दोस्रो केन्द्रीय समितिको बैठक हो।

प्रकाशित: १५ माघ २०७६ ०७:०० बुधबार

नेकपा केन्द्रीय_समिति बैठक