राजनीति

लक्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं – युरोपियन मुलुक लक्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जिन एसल्बोन दुई दिने नेपाल भ्रमणका सिलसिलामा बुधबार नेपाल आउने भएका छन्। उनी नेपाल लक्जम्बर कूटनीतिक सम्बन्धको ४५ औं वर्षगाँठको अवसरमा नेपाल आउन लागेका हुन्। मन्त्री एसल्बोनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटने कार्यक्रम रहेको छ। बुधबार उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई उनकै कार्यकक्ष सिंहदरबारमा भेट्ने कार्यक्रम रहेको छ।

भेटवार्तापछि मन्त्री ज्ञवालीले भ्रमण प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। सोही दिन लक्जम्बर्गका तर्फबाट ४५ औं वर्षगाँठको अवसरमा औपचारिक कार्यक्रमको आयोजन गर्ने कार्यक्रम रहेको छ। नेपाल र लक्जम्बर्गका बीचमा सन १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रकाशित: १५ माघ २०७६ ०१:०९ बुधबार

लक्जम्बर्ग विदेशमन्त्री