राजनीति

जातिय मुक्तिका लागि संविधान संशोधन गरेर अघि बढ्ने : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भए पनि अगाडी बढ्ने बताएका छन्। पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातिय मुक्ति, समानता र समानुपातिकताका हासिल गर्न संविधान संशोधन गरेर भए पनि अगाडी बढ्ने बताएका हुन्।

उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै दाहालले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताए। विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडी बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने उनको धारणा थियो।

दाहालले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाई जितेको भए पनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए। नेकपा सबै खालका विभेदको अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको उनको भनाई छ।

पूँजीपतिहरु र साम्राज्यवादीहरुले साम्रदायिक विद्वेश फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातिय हक अधिकारको कुरा, जातिय मुक्तिको कुरा फरक भए पनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको उनले बताए।

अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कायम गर्न नसकिने बताए।

प्रकाशित: १३ माघ २०७६ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App