राजनीति

महिला उद्यमीहरुको राष्ट्रिय भेला हुने

काठमाडौं - सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ भेला आयोजना गर्न लागिएको बताए।

आइतबार काठमाडौंमा आयोजित ‘महिला उद्यमीहरुको राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैैं उनले ग्रामिण क्षेत्रमा महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने गरी आवश्यक नीति र कार्यक्रम तय गर्ने उद्देश्यका साथ सबै स्थानीय तह र जिल्लाहरुका महिला उद्यमीहरुको राष्ट्रिय भेला गर्न लागिएको स्पष्ट पारे।

मन्त्री गुरुङले उद्यमशीलताको माध्यामबाट महिलाहरुको आर्थिक सशक्तिकरणमा लाग्ने संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको पनि धारणा राखे। उनले महिलाहरुलाई उद्यमशील बनाउने वातावरण तय हुनेगरी ऐन, कानुन संशोधन गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित: १३ माघ २०७६ ०३:५६ सोमबार

महिला_उद्यमी पार्वत_गुरुङ