राजनीति

गोरखामा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

गोरखा - विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहिद लखन गाउँपालिका ४ ताक्लुङका रोहीत प्रसाद पन्तलाई शुक्रवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले बताए।

४८ वर्षिय पन्त विप्लप नेतृत्व माओवादीका किसान संगठनका पूर्व प्रमुख र ६७ वर्षिय रिजाल पूर्व जिल्ला जनपरिषद प्रमुख हुन्। अहिले पनि उनीहरु सरकारद्धारा प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपाको गतिविधीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको एसपी अधिकारीले बताए। गोरखा प्रहरीले उनीहरुलाई दुबैलाई शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: ११ माघ २०७६ १२:२३ शनिबार

विप्लव पक्राउ