राजनीति

यस्तो छ सभामुख निर्वाचनको तालिका

फाइल तस्बिर

काठमाडौं- प्रतिनिधि सभाका सभामुखको लागि माघ १२ गते निर्वाचन हुने भएको छ। आज बसेको संसद बैठकमा जेष्ठ सदस्यको हैसियतामा महन्थ ठाकुरले अध्यक्षता ग्रहण गर्दै माघ १२ गते हुने सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्देशन दिए। संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारमा छन्।

यस अघि उपसभामुख डा. शिवमाया तुम्वाहाङफेको राजीनामा पत्र संसदमा पढेर सुनाइएको थियो। तुम्वाहाङफेले आज नै राजीनामा दिएकी थिइन्। नेकपाले सभामुखको लागि अग्नि सापकोटाको नाम प्रस्ताव गरिसकेको छ।  

संसद सचिवालयले प्रकाशन गरेको तालिका अनुसार मंगलबार ११ बजेदेखि २ बजेसम्म सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने, मंगलबार नै दर्ता भएका उम्मेदवारीको सूची प्रकाशन गर्ने र १२ गते आइतबार ३ बजे प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुने छ।

प्रतिनिधि_सभा निर्वाचन सभामुख