राजनीति

कांग्रेसका तीन नेताले बनाए सम्पर्क कार्यालय

काठमाडौं- 'सामाजिक लोकतन्त्र अध्ययन केन्द्र' को नामबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौड़ेल डा. शसांक कोईराला र प्रकाशमान सिंह लगाएतले रणनैतिक कार्यालय स्थापना गरेका छन्।

यस अघि उक्त कार्यालयबाट कांग्रेस १३ औं महाअधिवेशनको उस्तै प्रकृतिको सम्पर्क कार्यालय शेर बहादुर देउवाको रहेको थियो। कांग्रेस कार्यकर्ता राजेन्द्र बजगाईका भाई नबराज बजगाईको 'बुद्ध एकेडमिक' पाठ्यक्रम प्रकाशन रहेको घरमा उनीहरुले यो कार्यालय राखेका छन्। राजेन्द्र बजगाई गोरखाबाट प्रदेशसभा प्रत्याशी थिए। केपी ओली सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास गर्न कांग्रेसले विना टप्पणी सहयोग गरेको भन्दै बजगाईले सभापति देउवामाथि कारबाहीको माग गरेका थिए।

प्रकाशित: ६ माघ २०७६ ०८:२५ सोमबार

कांग्रेस लोकतन्त्र