राजनीति

देशलाई नचाहिंदो विवादमा नतानौं : ज्ञानेन्द्र

काठमाडौं  – पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई नचाहिँदो विवादमा नपार्न आग्रह गरेका छन्। २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार एक सन्देश जारी गर्दै ज्ञानेन्द्रले जनताको चाहना अनुसार अघि बढ्नु पर्ने जनाएका हुन्।

‘जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ,’ शाहले जारी गरेको सन्देशमा भनिएको छ, ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयसा कतैबाट पनि हुनु हुँदैन।’ सत्य कहिल्यै नहार्ने भन्दै उनले देशको भूमि रक्षाका लागि सबैले गहकिलो प्रयास गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २७ पुस २०७६ ०२:५२ आइतबार

पूर्वराजा पृथ्वी_जयन्ती