राजनीति

प्रधानमन्त्रीसँग राजपाका नेताको भेट

काठमाडौं – राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्न सहमति गरेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

प्रधानमन्त्रीलाई भेट्न राजपाका नेताहरू बुधबार प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेट आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनको तयारीको विषयमा केन्द्रित भएको राजपाका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले बताए।

नेकपा र राजपाा नेताहरूले प्रदेश २ को हकमा राष्ट्रियसभाको निर्वाचनमा दुई/दुई सिटमा सहकार्य गर्ने भनी सहमति गरेका छन्। बुधबारको भेटमा राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनभन्दा बाहिर भोट नजान दुई पार्टीका नेताहरू सजग हुनुपर्ने निष्कर्ष निकालिएको महतोले जानकारी दिए।

प्रकाशित: २५ पुस २०७६ ०२:३८ शुक्रबार

राष्ट्रियसभा_निर्वाचन केपी_शर्मा_ओली राष्ट्रिय_जनता_पार्टी