राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिमबाट  चारजनाको उम्मेदवारी

डोटी–राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी परेको छ। डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईतबार चार जनाले उम्मेदवारी दिएका छन। 

सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एकजना महिलाका लागि निर्वाचन हुदँैछ। जसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टको उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट महिलातर्फ तुलसी देवकोटा र खुल्लामा प्रताप ठगुन्नाले  उम्मेदवारी दिएका छन्। 

दुबै पार्टीले दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन्। सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका मेयर/उपमेयरको १८ का दरले गरी तीन हजार एक सय ६८ र प्रदेश सभाका  ५३ जना सांसदको ४८ का दरले गरी दुई हजार पाँच सय ४४ गरी कुल पाँच हजार ७ सय १२ मतभार रहेको छ। 

२०७४ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट खुल्लातर्फ निर्वाचित सांसद नेपाली कांग्रेसका बद्री पाण्डे र महिलातर्फबाट निर्वाचित भएकी नेकपाकी सांसद कमला ओलीको पदावधि दुईवर्ष कायम भएको थियो। उनीहरुको रिक्त हुन लागेको ठाउँमा निर्वाचन हुन लागेको हो। 

प्रकाशित: २० पुस २०७६ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App