राजनीति

सूचना प्रविधि विधेयकको बचाउ गर्दै मन्त्री बास्कोटाले भनेः नकारात्मक हल्ला बढी भयो

फाइल फोटो

काठमाडौं– सरकारले सूचना प्रविधि विधेयकका विषयमा नकारात्क हल्ला बढी चलेको बताएको छ।

सरकार प्रवक्ता गोकुल बास्कोटाले कानुनमा भएका राम्रा कुराहरु लुकाएर भ्रम र नकारात्मक हल्ला बढी चलेको बताएका हुन्।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले कसैलाई जिस्काएमा, होच्याएमा, मान मर्दन गरेमा दण्ड जरिवना नहुने तर पटक पटक यस्तो कार्य गरेमा सजाय हुने स्पष्ट पारे।  

बास्कोटाले समितिमा भएको छलफलमा प्रतिपक्षी दलका ८ सुझाव सहित ३६ वटा संशोधन गरिएको उल्लेख गर्दै विधेयकको धारा ४९ को १ (ग) हेर्न अनुरोध समेत गरे। 

‘सरकारले पेश गरेको विधेयक उपसमितिले थप समृद्ध बनाएको, प्रतिपक्षी दलका ८ सुझाव समेटिएको,  ३६ संशोधन गरिउको कुरा नहेर्ने। अनि गर्ने के भने आफुलाई के लाग्या छ आफै भ्रम सिर्जना गर्ने?’, बास्कोटाले प्रश्न गरे। 

पत्रकार सम्मेलनमा बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गर्नुपर्ने नभइ सञ्चालन गर्ने कम्पनी दर्ता हुने प्रावधान राखिएको बताए।

प्रकाशित: १७ पुस २०७६ १२:०० बिहीबार

सूचना_प्रविधि_विधेयक