राजनीति

‘एक परिवार दुई पर्यटक’को नारा सहित भ्रमण वर्षको प्रचारमा कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको छ।

कांग्रेसले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले ‘एक परिवार दुई पर्यटक’को नारा सहित विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु र पार्टीको देशभित्रका सबै तहलाई योगदान गर्न अपिल गरे। 

सम्मेलनमा कांग्रेसले संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टी गरेको जनाएको छ।

प्रवक्ता शर्माले नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमार्फत सरकारले नागरिकको फोन ट्यापीङ गर्न सक्ने अधिकार लिन चाहेको र सामाजिक सञ्जाललाई नियन्त्रण गरी नागरिक स्वतन्त्रतालाई कुण्ठीत गर्न खोजेको आरोप लगाए। 

कांग्रेसले संघीयताको मर्म विपरीत नेकपाको सचिवालयले प्रदेश ३ को नामाकरण गरी आदेश जारी गर्नुलाई प्रदेश सभाको अधिकार अपहरण भएको जनाएको छ। त्यस्तै प्रवक्ता शर्माले कांग्रेसले प्रदेश सभाको सदस्यको उम्मेदवार तय गर्न पुष १७ गते कार्यसमिति बैठक बस्ने जानकारी समेत दिए। 

प्रकाशित: १५ पुस २०७६ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App