राजनीति

तराइमा न्यानो बाँड्दै नेपाल

रौतहट - पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृह जिल्लाका  विपन्न चिसो प्रभावितलाई न्यानो लुगा वितरण गरेका छन्। शीतलहरले अत्यधिक प्रभावित गृह जिल्ला रौतहटको गढीमाई नगरपालिकामा चिसो प्रभावितलाई नेता नेपालले न्यानो लुगा वितरण गरेका हुन्।

नेता नेपालले अति विपन्न, दलित तथा असहाय करिब चार सय महिलाहरुलाई कम्बल वितरण गरेका छन्। शीतलहर र अत्याधिक बढेको चिसोमा विपन्नलाई कम्बल वितरण गर्दा उनीहरुलाई ठूलो राहत मिलेको गढीमाई नगरपालिकाको नेकपा अध्यक्ष रामपुकार राय यादवले बताए।

जाडोबाट अति प्रभावित वर्गलाई कम्बल प्रदान गर्दै नेता नेपालले सर्वसाधारण विपन्न महिलालाई नेकपाले सधैँ सहयोग गर्ने गरेको बताए। नेता नेपालले गढीमाई नपाका विभिन्न गाउँमा जाडो प्रभावित व्यक्ति तथा परिवारसित भेटघाट पनि गरेका छन्। स्थानीय गाउँबासीका बिचमा नेता नेपाल पुग्दा सबैले खुसी व्यक्त गरेका छन्।सरकारले सक्ने अपेक्षा पूरा गर्ने र आफू त्यसका लागि पहल गर्ने प्रतिवद्दता समेत उनले जनाए।

प्रकाशित: १५ पुस २०७६ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App