राजनीति

प्रदेश नं ३ को नाम बागमती, राजधानी हेटौंडा राख्न नेकपाको प्रस्ताव

फाइल फोटो

काठमडौं– नेकपा सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती  प्रस्ताव गर्ने निर्णय गरेको छ। त्यस्तै अस्थायी रुपमा रहेको राजधानी हेटौडालाई स्थायी बनाइने निर्णय गरेकोछ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।

 प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ रहेको छ। प्रदेश सभामा कुल १ सय १० सांसदमध्ये नेकपाको ८० मत छ। प्रदेश स्थायी राजधानीका लागि ७४ मत आवश्यक पर्छ।

बैठकमा राष्ट्रिय सभा निर्वाचन र सभामुख चयनका विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: १३ पुस २०७६ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App