राजनीति

अपहरण मुक्त बनाउन नेकपाको माग

वीरेन्द्रनगर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर र उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष इला शाहीलाई अपहरणमुक्त बनाउन सरकारसँग माग गरेको छ। प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले एक विज्ञप्ती जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन्।

शनिबार राति करिब १२ बजेर ३० मिनेटतिर दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर र उनी श्रीमती इलालाई घरमा सुतिरहेको अवस्थामा अज्ञात हतियारधारी समूहले अपहण गरेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार २५ जनजाजतिको एक समूहले उनीहरूलाई अपहरण गरेको थियो।

उनको भाषामा अज्ञात हतियारधारी समूहले अपहरण गरी लिएको खबरले नेकपालाई स्तब्ध बनाएको नेकपाले जनाएको छ। ‘अपहरणमा परेकाहरूको अहिलेसम्म स्थिति अज्ञात रहेको छ,’ प्रदेश अध्यक्ष बोगटीद्वारा हस्ताक्षेरित विज्ञप्तीमा लेखिएको छ, ‘निजहरूको अविलम्ब खोजी कार्य गरी अपहरणबाट मुक्त गराउनका लागि सरकार सम्बद्ध पक्षहरूसँग हार्दिक अनुरोध गर्दछु।’‘साथै पार्टीका स्थानीय कार्यकर्ताहरू खोजी कार्यमा सक्रियरूपमा लाग्नका लागि पनि सूचित गर्दछु,’ विज्ञप्तीमा लेखिएको छ।

नेकपा प्रदेश कमिटीले यस्ता गलत कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दै यस्ता कार्य अविलम्ब रोक्न अपहरणकारीहरूलाई सचेत गराएको छ। साथै अध्यक्ष धीरबहादुरकी श्रीमती इला अपहरणमुक्त भएको दैलेखस्थित नागरिक संवाददाता गोविन्द केसीले जनाएका छन्।

प्रकाशित: ६ पुस २०७६ ०७:२५ आइतबार

अपहरण मुक्त नेकपा